१२ असार २०७९, आईतवार

पोखरा । लगातारको भारी वर्षाका कारण पोखरामा सडक र घर भासिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसँगै एक घर भासिएको हो ।

उक्त वडाका वडाध्यक्ष देवीकृष्ण पराजुलीका अनुसार फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । सो ठाउँमा सकड पूरै भासिएकाले आवतजावत नै ठप्प भएको छ ।

सडकसँगै रहेको एक घरका भित्री कोठाहरु भासिएका छन्, तर बाहिरी भाग भने यथावत रहेको उनले जानकारी दिए । घटनास्थलको वरपर पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङको टोलीले समेत स्थलगत निरीक्षण गरेको छ । थप सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।

LIVE TV