१२ असार २०७९, आईतवार

काठमाडौं । काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ ।

रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ ।

प्राविधिक रूपमा अहिलेको रेखाङ्कन बाहिर जान सक्ने भूबनोट नरहेकाले आयोजना नै खारेजीको अवस्थामा पुगेको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समेत अब बाहिरी चक्रपथ आयोजना अगाडि बढ्न नसक्ने बताएकी छन् ।

आयोजनामा पर्ने अत्यधिक जग्गा कित्ताकाट भइसकेको र घर पनि बनेकाले बाहिरी चक्रपथ निर्माण नहुने सम्भावना नरहेको उनले बताएकी थिइन् ।

उनले भनिन्, “१८ वर्षअघि परिकल्पना गरिएको रेखाङ्कनमा चक्रपथ बनिहाल्ला भन्न सकिने अवस्था छैन । आयोजना सञ्चालन हुँदैन भन्ने कुरामा लगभग अब अनौपचारिक हिसाबले त निश्चित नै छ ।”

यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

LIVE TV