११ असार २०७९, शनिबार
  • युवराज आचार्य,

झापा । रोटरी क्लब अफ काँकरभिट्टाले स्थानीय सामुदायिक अस्पताललाई अक्सिजन प्लाण्ट हस्तान्तरण गरेको छ । क्लबले कोभिड संक्रमणको दोस्रो लहरमा अक्सिजन अभाव महशुस भएपछि स्थानीय आम्दा मेची अस्पतालमा अक्सिजन प्लाण्ट निमार्ण गरी शनिबार हस्तान्नरण गरेको हो ।

मेचीनगर नगरपालिकाको २५ लाख, मेची उद्योग वाणिज्य संघबाट १५ लाख तथा रोटरी क्लब अफ काँकरभिट्टा, विर्तामोड, मेचीनगर, दमक, विर्तामोड मिडटाउन, सुरुङ्गा, भद्रपुर तथा रोटरी फाउण्डेशनबाट प्राप्त ३१ लाख १६ हजार २ सय रुपैयाँ गरी कुल ७१ लाख १६ हजार २ सय रुपैयाँको लागतमा प्लान्ट निर्माण गरिएको थियो ।

आम्दा अस्पतालको इमर्जेन्सी तथा वार्डका ७ वटा वेडमा सिधै पाइपबाट अक्सिजन प्रवाह हुनेगरी जडान गरिएको उक्त प्लाण्टबाट बुस्टर मेसिज जडान भएपछि अक्सिजन फिलअप समेत गर्ने मिल्ने बताइएको छ ।

मेचीनगर नगरपालिकासहित झापाका अन्य अस्पतालहरुमा अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा टेवा पु¥याउने उद्देश्यले रोटरी इन्टरनेश्नल डिस्ट्रिक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजिकरणमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा मेचीनगर–१० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरेको हो ।

 

LIVE TV