११ असार २०७९, शनिबार

तेह्रथुम । तेह्रथुमको लालिगुरास नगरपालकामा ट्याक्टर दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।

गाँडेपात्लेमा ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मृतक मगर लालीगुराँस नगरपालिका–७ की स्थानीय भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।

 

LIVE TV