११ असार २०७९, शनिबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै । दुई चल्ने उक्त बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो विवादबारे छलफल हुने जनाइएको छ ।

बैठकले पार्टीमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय कार्यान्वनबारे छलफल गर्नेछ । यसअघि गत जेठ २२ गते पार्टीले मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर, उक्त निर्णय सत्ता गठबन्धनकै कांग्रेस, माओवादी नेतृत्व र प्रधानमन्त्रीले समेत कार्यान्वयन गर्न अप्ठेरो भएको भन्दै अगाडि बढ्न सकेको थिएन । स्वयं एकीकृत समाजवादीभित्रै पनि मन्त्री हेरफेरबारे मतभिन्नता रहेको छ ।

हाल सरकारमा रहेका मन्त्रीसहितका १० जना सांसद मन्त्री हेरफेर गर्ने निर्णयको विरोधमा रहेका छन् । उनीहरुले आफूहरु काम गर्दागर्दै पनि अपराधीलाई जस्तो फिर्ता बोलाउन खोजेको, नयाँ आउने मन्त्रीहरुको अनुहार समावेशी नभएको, एकै जिल्लाका दोहोरिएको तथा गैरसांसदलाई मन्त्री बनाउन खोजिएको जस्ता आरोप पनि लगाएका छन् ।

अर्काथरीले भने मन्त्रीमा भागबण्डा नपाए पार्टी विभाजनको धम्की दिएको समेत बुझिएको छ । पार्टीभित्रको यो मतभेद हल गर्नेबारे बैठकले छलफल गर्नेछ ।

LIVE TV