१० असार २०७९, शुक्रबार

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २०७९/८० का लागि बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार ११ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

सार्वजनिक भएको बजेट अघिल्लो वर्षको भन्दा २ करोड ५० करोडभन्दा बढी रहेको छ । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख व्यहोर्ने भनिएको छ ।

बजेट प्रस्तुत हुनअगाडि प्रतिपक्ष दल नेकपा एमालेका जनप्रतिनिधिले रातो किताब प्रकाशन गरिएको भन्दै विरोध गरेका थिए । उनीहरुले रातो किताब ने च्याँतेको पनि बताइएको छ । पछि एमालेका प्रतिनिधि र महानगर प्रमुख, उपप्रमुख बीचको वार्तापछि नगरसभा करिब ३ घन्टापछि सुचारु भएको थियो ।

 

LIVE TV