१० असार २०७९, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर । भक्तपुरका शिक्षाकर्मी एवं कवि डा. राजेन्द्र कोजूले आफ्नो जन्मदिनको अवसरमा पाँचौ कृति सार्वजनिक गररेका छन् । रोम्वस स्कुलको प्राङ्गणमा आयोजिवत एक कार्यक्रममा डा. कोजुको पाँचौं कृति ‘इमानको धराहरा’लाई वरिष्ठ साहित्यकार एवं समालोचक डा. देवी नेपालले विमोचन गरेका हुन् ।

वरिष्ठ साहित्यकार डा. नेपालले पछिल्लो समयमा देशमा इमानदारिता हराउँदै गएको र बेइमानहरुको संख्या बढिरहेको अवस्थामा बेइमानहरुलाई इमान सिकाउनका लागि लेखकहरुले लेखनमार्फत् ध्यानाकर्षण गर्नु पर्ने बताए । उनले लेखकहरु पनि राजनीतिबाट मुक्त हुन नसक्ने बताउँदै अहिलेको फोहोर राजनीतिलाई सफा गर्न र समाजका खराब विषयलाई खबरदारी गर्न कै लागि साहित्य सिर्जना जरुरी रहेकोमा जोड दिए ।

कवि डा. कोजूका यस अगाडि घोडा उसको वा उ घोडाको, विशेषणमा बाँचेको देश, चित्र र चरित्र र हृदयका प्रतिविम्ब कृति प्रकाशित भइसकेका छन् । उनको ‘इमानको धरहरा’ भित्र ५८ वटा कविताहरू संग्रहित छन् ।

कार्यक्रममा डा. कोजूले विमोचित कृतिबाट ‘बाबा छोरीको संवाद’ शीर्षकको कविता बाबा छोरीले नै वाचन गरेर सुनाएका थिए । त्सतै कार्यक्रममा शिक्षाकर्मी एवं क्वालिटी सेकेण्डरी स्कूलका प्रिन्सिपल जिबी खड्काले डा. कोजूको शैक्षिक र साहित्यिक यात्राबारे चर्चा गरे ।

त्यसतै कवि जितेन्द्र रसिकले डा. कोजुको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए भने चाँगुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेलले कृति विमोचन र जन्मदिनको शुभकामना दिएका थिए ।

LIVE TV