१० असार २०७९, शुक्रबार
  • मुस्कान श्रेष्ठ

वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले  उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाल र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटघाट गरेका छन् ।

लामो समयदेखि विद्युत ट्रिपिङ र लोडसेडिङको कारण मारमा परेका उनीहरुले  बिहीबार मन्त्री मन्त्री भुषाल र कार्यकारी निर्देशक घिसिङलाई भेटेर ध्यानाकर्षण गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ता नेतृत्वमा गएको टोलीले बारा–पर्सा औद्यागिक करिडोरमा अवस्थित उद्योग प्रतिष्ठानहरुले करिब डेढ महिना देखि विधुत कटौतीको कारण उत्पादनमा समस्या परेको भन्दै मन्त्री मन्त्री भुषाल र कार्यकारी निर्देशक घिसिङलाई ध्यानाकर्षण गरिएको थियो ।

सहज रुपमा विधुत आपूर्ति नहुँदा उपादनमा कटौती हुनुको साथै कच्चा पदार्थहरु नोक्सान भईरहेको भन्दै उद्योगी व्यवसायीहरु मर्कामा परेको गुनासो उनीहरुले गरेका थिए ।

संघका अध्यक्ष गुप्ताले उत्पादन भएर खेरो गएको विद्युत निर्यात भएको कुरा सराहनीय भएपनि आफ्नै मुलुकका उपभोक्ताहरु मारमा परेको भन्दै समस्याका समाधानका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

No description available.

उनले अघोषीत लोडसेडिङ उद्योगीहरु आजित भएको हुँदा लोडसेडिङ गर्नु पर्ने अवस्थामा पूर्वः सूचना दिनुपर्ने बताए ।

उनले सरकारले विधुत खपत बढाउन र एलपी ग्यासको विल्कपमा विद्युतीय चूलोको उपयोगलाई प्राथमिकता दिएको तर बारम्बार विधुत कटौती र लो भोल्टजका कारण विधुतीय उपकरणको प्रयोग प्रति उपभोक्ता आकर्षित हुन नसकेको पनि जिकीर गरे ।

विषयमा ऊर्जा मन्त्री पम्फा भूषालले विद्युत आपूर्तिमा देखिएको समस्याप्रति आफू गम्भिर भएको बताइन् ।

औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ्ग समस्या समाधान गरेर नियमित विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेकोसमेत उनले जानकारी दिइन् ।

यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बजेट अभावको कारण प्राधिकरणका परियोजनाहरुले तीव्रता लिन नसकेको बताए ।

बारा–पर्सा क्षेत्रमै प्राधिकरणबाट ५० अर्बको लागतमा विद्युत सम्बन्धी परियोजनाको काम शुरु हुने पनि उनले जानकारी गराए ।

ध्यानाकर्षण गराउने क्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिती रहेको थियो ।

LIVE TV