९ असार २०७९, बिहीबार

काठमाडौं । १२औं अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । विहीबार ‘अदृश्य महिलाको अदृश्य समस्या’ नारासहित यो दिवस मनाइएको हो । दिवसका अवसरमा एकल महिला समूहले काठमाडौँमा एकल महिला सम्मान तथा भेलाको आयोजना गरिएको छ ।

देशका विभिन्न स्थानका एकल महिलालाई छात्रवृत्ति तथा राहत वितरण गरेको हो । भेलामा एकल महिलाको बर्तमान अवस्था, अवसर र चुनौतीबारे छलफल भएको थियो ।

एकल महिलाहरुले देशमा गणतन्त्र आए पनि एकल महिलाको समस्या भने उस्तै रहेको बताए । कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले भने स्थानीय तहमा सरकार आएपछि घरेलु समस्या समाधान भएको दाबी गरे ।

संयुक्त राष्ट्रसंघको महासभाले सन २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तराष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन २०११ देखि दिवस मनाउन लागिएको हो ।

राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।

 

LIVE TV