९ असार २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन् । बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताए ।

उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए । उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए । उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले भने, ‘नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्दै मित्रराष्ट्रहरुका समान प्राज्ञिक प्रतिष्ठानसँग संस्थागत रुपमा भएपनि साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यमा साहित्यिक, सांस्कृतिक आदानप्रदानलाई अगाडि बढाई यस प्रतिष्ठानले आफूलाई अन्तर्राष्ट्रिय रुपमा पनि क्रियाशील आस्थाको रुपमा स्थापित गरेको छ । आगामी दिनमा संस्थाको गतिविधिलाई अझ घनिभुत रुपमा अघि बढाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवद्र्धनको क्षेत्रमा यस प्रतिष्ठानले थप योगदान पु¥याउने विश्वास लिएको छु ।’

उनले थपे, ‘मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । नेपालको गौरव, प्राज्ञिक, सांस्कृतिक सामथ्र्यलाई देश, विदेशमा चिनाउन विषयगत अध्ययन, अनुसन्धान गराएर विभिन्न ग्रन्थ प्रकाशन गर्न प्रज्ञा प्रतिष्ठान सफल भएको छ । यस्ता कामलाई अगाडि बढाउन प्रज्ञा प्रतिष्ठानलाई नेपाल सरकारले सदा सहयोग गर्ने कुरा पनि व्यक्त गर्न चाहन्छु । जहाँसम्म यहाँ आर्थिक कठिनाइ भन्ने कुरा आएको छ यसमा हामी अवश्य नै सल्लाह गरेर के हुन्छ सरकारले अवश्य नै सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV