८ असार २०७९, बुधबार

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भएपनि नागरिकता विहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए । मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि पनि छलफल भएको बताए ।

उनले भने, ‘यो बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण भयो । सम्माननीय प्रधानमन्त्रीजीले नागरिकताको विधेयकलाई अगाडि बढाउने, प्रस्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक, तर उनीहरुका सन्तान नागरिकता बिहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नको निमित्त अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ ।’

उनले थप भनेका छन्, ‘शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि छलफल केन्द्रित भएको छ । त्यसमा कानून मन्त्रीले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म भएका नियमनहरुको बारेमा बैठकमा प्रगति परिस्थितिको बारेमा प्रतिवेदन समीक्षाका साथ प्रश्तुत गर्नुभएको छ । मुलरुपले आज नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निस्कर्षमा पु¥याउने बारेमा छलफल केन्द्रित रहेको छ ।’

यसका साथै मन्त्री कार्कीले गठबन्धनको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गरेका बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV