८ असार २०७९, बुधबार

काठमाडौं । ब्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउनका लागि जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको छलफलको अडियो सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायापरिषद्को बैठक सुरु भएको छ ।

न्याय परिषदको उक्त बैठकमा सार्वजनिक अडियोमा मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरू राजकुमार कोइराला र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि छलफल हुनेछ । बैठकले जिल्ला न्यायाधीश कोइरालाका सम्बन्धमा भने ठोस निर्णय लिने बताइएको छ ।

बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सर्वोच्चका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरला र न्याय परिषदका सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन् ।

LIVE TV