८ असार २०७९, बुधबार

खोटाङ । किरात राई खेलकुद संघ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय सम्मेलन खोटाङमा हुने भएको छ ।

किरात राई खेलकुद संघ खोटाङको संयोजन र व्यवस्थापनमा असार २१ र २२ गते दिक्तेलमा संघको तेस्रो राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।

किरात राई खेलकुद संघ जिल्ला कार्य समितिले पत्रकार सम्मेलन गर्दै संघको केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन ऐतिहासिक किरात थाँतथलो (हेत्छाकुप्पा–रैछाकुले) भूमि खोटाङमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

१३औँ सागमा पदक जित्ने २९ किराती खेलाडीलाई राष्ट्रिय सम्मेलनको अवसरमा नगदसहित सम्मान गर्ने तयारी गरिएको किरात राई खेलकुद संघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए ।

LIVE TV