७ असार २०७९, मंगलवार

सर्लाही । सर्लाहीमा एक युवकको शव भेटिएको छ । सर्लाहीको कविलासी नगरपालिका- ८ अगर्वा बस्ने २४ वर्षका अमरेन्द्र ठाकुरको शव फेला परेको हो ।

घरभन्दा केही पर सडक छेउको खेतमा उनको हत्या भएको हुनसक्ने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए । उनको हत्या विषयमा अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।

LIVE TV