६ असार २०७९, सोमबार

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालको खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभा उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्राकृतिक हिसाबले नेपाल सुन्दर रहेकाले खेलकुदसँग जोडेर पर्यटन विकास गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘हाम्रो देश प्राकृतिक रुपले छ । खेलकुदलाई पर्यटनसँग जोड्न सक्यौँ भने धेरै उपलब्धि हासिल हुनेछ । यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लविङ गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV