५ असार २०७९, आईतवार

काठमाडौं । भदौमा आयोजना हुने कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस च्याम्पिनसीपका लागि आइतबार टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र कुशलराज पाण्डेबीच सम्झौता भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघले आईतवार पत्रकार सम्मेलन गर्दै जुनियर प्रतियोगिताका लागि पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेसँग सम्झौता गरेको हो । टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र कल्याणराज पाण्डेका छोरा कुशलराज पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै प्रत्येक वर्षको भदौमा यस प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिता आयोजनाका लागि कल्याणराजको परिवारले ६ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम नेपालको प्रतिष्ठित र फाइनान्स कम्पनीमा मुद्दति खातामा जम्मा गरिनेछ ।

यसबाट प्रत्येक वर्ष आउने अनुमानित ब्याज ७० हजार रुपैयाँ हुनेछ र यसै रकमबाट प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगिताको पहिलो वर्ष ब्याज प्राप्त नहुने हुँदा उनको परिवारले ७० हजार रुपैयाँ नगद प्रदान गर्नेछ ।

यस्तै संघले लगातार दुई वर्षसम्म प्रतियोगिता आयोजना गर्न सकेन भने मुद्दति खातामा जम्मा भएको रकम उनको परिवारले फिर्ता लिनेछ । प्रतियोगिता आयोजनाका सबै प्राविधिक जिम्मेवारी संघको हुनेछ ।

यस्तै अखिल नेपाल टेबल टेनिस संघले नेपाल खेलकुद पत्रकार मञ्चलाई विद्युतीय सामग्री सहयोग गरेको छ । संघका अध्यक्ष चतुरानन्दले नेपाल खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष सुजन श्रेष्ठलाई विद्युतीय सामग्री हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV