५ असार २०७९, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्रकुमार कार्कीले नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न नसक्ने बताए । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद कार्कीले नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न नसक्ने बताएका हुन् ।

उनले बलियो गोरुसँग बहर बाच्छलाई हल बाँधिदिँदा बहर बाच्छाको जस्तो हालत भएझैँ नेपालको पनि ठूला राष्ट्रहरुसँग समान हुन खोज्दा सोही हालत हुने टिप्पणी गरे । उनले भारत, चीन र अमेरिकासँग गर्ने सम्बन्धमा असमान प्रावधान हुनुपर्ने उल्लेख गरे । सांसद कार्कीले नेपालले एसपीपीमा सामेल हुन नसक्ने कुरा अमेरिकालाई पत्राचार गरेर जानकारी दिनुपर्ने पनि बताए ।

उनले भनेका छन्, ‘अमेरिकालाई विनम्रतापूर्वक भनौँ हामी कसैसँग पनि यति ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न सक्दैनौँ । यो गाउँले भाषामा के हो भने एकदमै बलियो गोरुसँग एउटा मरनच्यासे अथवा सानो गोरुलाई बहर बाच्छालाई लगेर हल बाँधिदिएपछि हुनत समानता नै गरेको हो, एउटै जुवामुनि छन् । तर त्यतिबेला त्यो बाच्छाको जो हालत हुन्छ नि, त्यसो हुनाले हामीले भारत, चीन, अमेरिकासँग गर्ने सम्बन्ध भनेको या त्यसमा जहिलेप्रति असमान प्रोभिजन हुनुपर्छ ।’

उनले फेरि भने, ‘त्यो कहिले समानताको हुन सक्दैन । समान गर्दा त हामी कहाँ सक्छौँ त ? त्यसो हुनाले हामीले उनीहरुलाई विनम्रतापूर्वक चिठी लेख्ने कुरा भनिदिने कि हामी अहिले त्यसमा सामेल हुन सक्दैनौँ । हाम्रो घरेलु, क्षेत्रीय, अन्तर्राष्ट्रिय चिजले हामीलाई स्वीकृति दिँदैन भन्ने कुरा लेख्नुप¥यो ।’

सांसद कार्कीले नेपाललाई शान्ति क्षेत्र प्रश्ताव गरिनुपर्ने बताए । उनले नेपालमा आगामी दिनमा पनि एमसीसी, एसपीपी जस्ता विभिन्न शीर्षकमा यस्तै प्रकारका दबाबहरु आइरहने भन्दै शान्ति क्षेत्र बनाएमा त्यस्तो नहुने बताए । उनले नेपालको शान्ति क्षेत्र प्रश्तावलाई छिमेकी मुलुकहरु चीन र भारतले पनि समर्थन गर्ने अन्तर्राष्ट्रिय परिस्थिति बनेको बताए ।

उनले भने, ‘एमसीसीलाई पास गर्ने भोलिपल्टदेखि नै यसमा हामीले पहल गर्नुपथ्र्यो । यो शान्ति क्षेत्रको प्रश्तावलाई हामीले मुभ गर्नुपथ्र्यो । त्यो मुभ ग¥यो भने मात्रै भोलि अझै चर्कंदै जाने, यो एकदिनको मात्रै कुरा होइन, भोलि अर्को शिर्षकमा । पर्सी अर्को शीर्षकमा यस्ता चिजहरु आइरहने छन् ।’

उनले फेरि थपे, ‘हामीले त्यो दबाबलाई कसरी झेल्छौँ ? त्यसो हुनाले कमसेकम हामीले त्यो प्रश्ताव बनाएर यतिबेला मैले यसकारण अनुकुल भन्छु कि भारत र चिनले यसलाई सर्पोट गर्ने स्थिति छ । उनीहरुको नशनल इन्ट्रेष्टमा पनि छ यो । त्यसो हुनाले यसलाई हामी मुभ गरौँ यो प्रश्तावलाई ।’

यसका साथै उनले शक्ति राष्ट्रहरुको शितयुद्धलाई भौतिक रुपमा देखिनु अघि नै नेपालले सो प्रश्स्तावलाई अगाडि बढाउनुपर्ने बताए ।

 

LIVE TV