५ असार २०७९, आईतवार

एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई शनिबार कोभिड(१९ सङ्क्रमण पुष्टि भएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनका अनुसार, ४५ वर्षीय सुलिभानमा सङ्क्रमणको लक्षण देखिएको छैन र उनी अमेरिकी राष्ट्रपति जो बिडेनसँग नजिकको सम्पर्कमा छैनन्। सङ्क्रमित हुने उनी बाइडेन प्रशासनका पछिल्लो सदस्य हुन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड ६० लाख कोभिड–१९ का घटनाहरू र १० लाखभन्दा बढीको मृत्यु भएको छ।

LIVE TV