५ असार २०७९, आईतवार

काठमाडौँ । भक्तपुरको सल्लाघारीका रुख कति पुराना हुन् भनी अनुमान गर्न सक्नुहुन्छ ? वैज्ञानिक अनुसन्धानले ती सल्लाका रुख पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा रोपिएको प्रमाणित गरेको छ ।

रुखको काण्डमा हुने घेराका आधारमा वर्ष यकिन गर्ने गरिन्छ । वृक्ष चक्र विज्ञानबाट रुखको उमेर पत्ता लगाउने प्रविधि विश्वभरि नै प्रचलनमा छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का प्राज्ञ डा. दिनेशराज भुजूसहितको समूहले सो प्रविधि प्रयोग गरी उपत्यकाका सल्लामा अनुसन्धान गरेको छ ।

पर्यावरणविद् डा. भुजूले अनुसन्धानबाट भक्तपुर सल्लाघारीका रुख १९२७ सालमा रोपिएको पत्ता लागेको बताउँदै भन्नुभयो, “ती बिरुवा कहाँबाट ल्याई किन रोपियो भन्न सकिएन तर खाली जग्गा भएकाले त्यहाँ रोपिएको हुन सक्छ ।”

रोपिएका रुख प्राकृतिक रूपमा उम्रिएकाजस्तो नभई, निश्चित दूरीमा हुन्छन् भने एकै उमेर र आकारका रुख हुने गर्छन् । सिंहदरबारभित्रको बरफवाग, थापाथलीको कुमारी मन्दिर, लैनचौरस्थित ब्रिटिस दूतावास, केशरमहल, चोभारलगायतका स्थानमा सल्ला रोपिएका थिए । उहाँले थापाथलीको कुमारी मन्दिरका सल्लाका रुख पनि जङ्गबहादुरकै पालामा अर्थात् १९३० सालमा रोपिएको बताउनुभयो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छ ।

LIVE TV