३ असार २०७९, शुक्रबार

काठमाडौं । फिल्म ‘चिसो मान्छे’ आजबाट सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आएको हो । कर्णाली आसपासको कथा बोकेको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

उनले यसअघि पशुपतिप्रसाद, आमालगायत फिल्म निर्देशन गरिसकेका छन् । फिल्म सार्वजनिकपछि सिने पत्रकारहरुसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले फिल्म चल्नेमा विश्वस्त रहेको बताइन् । उनले फिल्मले नेपालीहरुको वास्तविक कथा बोकेको र गाएँल परिवेशमा रहेकोले पनिराम्रो रहेको प्रतिक्रिया दिइन् ।

नायिका खड्काले फिल्ममा कुनै अवार्ड पाउने भन्ने मनशायले अभिनय नगरेको बरु अभिनयलाई सुधार्दै गएको बताइन् । त्यस्तै नायक अर्पण थापाले कोरोनाकालको लकडाउन भन्दाअघि मानिसहरुमा मर्छु भन्ने चिसोपन त्यत्ति नभएको तर त्यसपछिका दिनमा सबै चाहिने रहेछ भन्ने अनुभूति भएको पाइएको बताए ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ आजबाट एकसाथ नेपाल, अमेरिका र माल्टामा प्रदर्शनमा आएको हो । यो फिल्म यस साता रिलिज एक मात्र फिल्म पनि हो । कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पु¥याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्ममा चित्रण गरेको पाइन्छ ।

फिल्ममा कोरोना संक्रमणको त्रास, पूर्व माओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई फिल्ममा उतारिएको छ । सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ईसमेत फिल्ममा स्थान दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV