३ असार २०७९, शुक्रबार

काठमाडौं । नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६१० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २४ जना र १ हजार ३७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार २७७ पुगेको छ । हाल नेपालमा १ सय ४ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV