३ असार २०७९, शुक्रबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको दोस्रो र तेस्रो किस्ता नपाएको बताएका छन् । उनले किस्ता रोकिएको सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उनले भने, ‘भूकम्प पीडितहरुको अनुदान दिने कार्यक्रम छ । पहिलो किस्ता पाएकालाई दोस्रो र तेस्रो किस्ता दिइएको छैन भक्तपुरमा । रोक लगाइएको छ । पुषमा माघमा लिन आउनु भन्ने भयो, माघमा जाँदा फागुनमा, फागुन पछि चैत, बैशाख, जेठ अहिले आएर असार पछि साउनमा आउने भनेर भुकम्प पीडितलाई आलटाल गरिएको छ ।’

उनले थपे, ‘अर्थमन्त्रीज्यूले यस्तो आदेश दिनुभयो कि भक्तपुरका भुकम्प पीडितलाई दिनुपर्ने अनुदान रोक्ने दोस्रो र तेस्रो किस्ता । यो किन यस्तो भयो अर्थमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहान्छु ।’

LIVE TV