३ असार २०७९, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गरेका हुन् ।

तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहेका थिए । यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गरेका छन् ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

LIVE TV