३ असार २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नकोट्याउन गरेको आग्रहको विरोध गरेका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको विषय नकोट्याउँ भन्न नमिल्ने बताएका हुन् ।

उनले भने, ‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छ, त्यस्तो भन्न मिल्दैन । यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो, संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ ।’

उनले कुन मन्त्रीका पालामा एसपीपीको कुरा अघि बढेको हो त्यसको अध्ययनका लागि छानबिन समिति गठन गर्न माग पनि गरे ।

उनले भने, ‘कसको पालामा आएको हो ? को मन्त्रीको पालामा भन्ने हाम्रो जिज्ञासा छ भने छानबिन कमिटी गठन गरौं। नेपाली सेनासँग के छ, रक्षा मन्त्रालयमा के छ, सम्पूर्ण कागजको अध्ययन गरौं । ती व्यक्तिले राष्ट्रिय हित विपरीत कार्य गरेको छ भने जनताको कठघरामा उभ्याऔं ।’

LIVE TV