२ असार २०७९, बिहीबार
  • मुस्कान श्रेष्ठ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर – १० आर्दशनगरमा ८औँ चुरे दिवसकोे अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गिन्र सिटी सामुदायीक प्रहरी सेवा केन्द्र आर्दशनगर र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवनको संयुक्त आयोजनामा वृक्षारोपण भएको हो ।

वृक्षारोपण कार्यक्रममा म्यागो स्टिक २ सय थान, कागती विरुवा ४० थान, निमको विरुवा ४० गरी २ सय ८० थान विरुवाहरु रोपिएको ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

तराई मधेश मरुभूमिकरण हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै दिवसको अवसरमा वृक्षा रोपण कार्यक्रमको आयोजना गरिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवनका ईन्जिनियर अनिल सिन्हाले बताए।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उप–मेयर ईम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, श्री जंग गण वीरगंज पर्साका प्रमुख सेनानी डायमन कार्की, प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, भारतिय महावाणिज्य दुतावासका नितेश कुमार, पर्साका ट्राफीक प्रहरी निरीक्षक धुब्र प्रसाद नेपाल, उद्योगी अशोक वैद्यलगायत ग्रिन सिटीका पदाधिकारी र संचारकर्मीहरुको सामेल भएका थिए ।

नेपाल सरकारले चुरे संरक्षणका लागि वि.स २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो ।

सोही अवसरमा आज देशभर १ लाख विरुवा रोपिने भएको छ ।

LIVE TV