१ असार २०७९, बुधबार

काठमाडौं । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टा–छुट्टै मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार मंगलबार आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगीलाई बेहोस् बनाई बलात्कार गरेको आरोप लागेका पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दूव्र्यवहारको मुद्दा दर्ता गरिएको हो ।

‘मिस ग्लोबल इन्टरनेसनल–२०१४’मा सहभागी एक पीडितले आयोजक पाण्डेले होटलमा बोलाएर बलात्कार गर्नुका साथै फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । यसका साथै अर्की एक बालिकाले पनि पाण्डेले आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

यौन शोषणको उक्त घटना सार्वजनिक भएपछि गत जेठ ७ गते पाण्डे पक्राउ परेका थिए । पाण्डेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । मानव बेचबिखन तथा ओसारपोसारमा अधिकतम १५ वर्षसम्म र बाल यौन शोषणमा तीन वर्षसम्म कैद सजाय माग गर्दै आज मुद्दा दर्ता गरिएको बताइएको छ ।

पक्राउ परेपछि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पाण्डेविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले बिहीबार पाण्डेलाई काठमाडौं जिल्ला अदालतमा पेश गर्नेछ ।

LIVE TV