१ असार २०७९, बुधबार
  • महेश्वर के.सी.,

काठमाडौं । मगर समूदायले भव्यताका साथ ‘भूमे/भूम्या’ पर्व मनाएका छन् । मगर समूदायले नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा बुधबार काठमाडौंको खुल्लामञ्चमा भूमे/भूम्या पर्व मनाएकाे हो । उक्त पर्वमा सयाैं मगर युवा–युवतीहरु मगर पहिरनमा सजिएका थिए ।

यस पर्वको विशेष महत्व भनेकाे आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । मगर समूदायले यस पर्वलाई दैवी विपत्तिबाट जोगिनका लागि गरिने उत्सवको रुपमा पनि लिने गर्दछन् ।

यसका साथै मगर राज्यसत्ता चलेको बेला राज्यको विधि विधान बनाउने, वर्षभरीका लागि नियम कानून बनाउने, जनप्रतिनिधि (भद्र भलाद्मी)को चयन गर्ने, जनताको संख्याको लगत लिने आदि काम गरिने विशेष दिनको रुपमा पनि लिने चलन छ ।

यस पर्वलाई मगर जातीको ऐतिहासिक राज्यसत्ता र संस्कृतिसँग ठूलो महत्व राख्ने महत्वपूर्ण चाडको रुपमा बुझ्न सकिन्छ ।

 

LIVE TV