३१ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । मंगलबार बसेको नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

जेठ १८ गते अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै कारबाही गर्न सिफारिस गरेका थिए ।

आयोगले कारबाही सिफारिस अनुमोदन गरेसँगै अब भुसालमाथि कारबाही गर्ने नगर्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।

LIVE TV