३१ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आईपीएसको अंग बन्न जाने बताए । यसले नेपालको राष्ट्रिय स्वाधीनतामाथि ठूलो समस्या पैदा गर्ने उनले बताए ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले सरकारले त्यसप्रकारको सन्धी, सम्झौता नगर्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘यदी त्यो सम्झौता भयो भने बिडम्बनाको विषय बन्छ । नेपालको राष्ट्रिय अस्मितामा गम्भीर घात बन्छ । गम्भीर राष्ट्रघात हुन्छ र नेपाली सेना अमेरिकी सेनाको आईपीएसको अंग बन्न जान्छ ।’

उनले थपे, ‘आईपीएसको अंग बन्न गइसकेपछि नेपालको भू–राजनीतिक स्थितिको सम्बन्धमा नेपालको स्वाधनितामाथि ठूलो समस्या पैदा हुन्छ । त्यसकारणले गर्दा यसप्रकारको सन्धी, सम्झौता गरिनु हुँदैन भनेर हामीले सजग गराउने प्रयास गरिरहेका छौँ । सरकारले त्यसप्रकारको सन्धी, सम्झौता गर्ने छैन भन्ने कुरामा हामी आशावादी छौँ ।’

LIVE TV