२९ जेष्ठ २०७९, आईतवार

दोलखा । योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति दोलखाले सवारी दुर्घटना न्युनिकरण गर्ने संयुक्त जनचेतनामूलक कार्यक्रम गरेको छ । समन्वयमा योगदान दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरीसँग संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

समन्वयमा योगदान दिवसको अवसरमा ‘ट्राफिक नियम पालना गरौं, सवारी दुर्घटना हुनबाट जोगिऔं’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ट्राफिक प्रहरी, सवारी चालक र जनपथ प्रहरीको उपस्थिति रहेको थियो । सदरमुकाम चरिकोटको सातदोबाटोबाट प्लेकार्ड, व्यानर बोकेर बजार परिक्रमा गरिएको थियो ।

LIVE TV