२६ जेष्ठ २०७९, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर । भक्तपुरमा जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले विपद व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेको खुल्ला ठाउँ, चोकहरुमा कुनै पनि भौतिक संरचना बनाउन नपाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माका अनुसार भक्तपुरका चारवटै नगरापालिकाभित्र भएको सार्वजनिक खुल्ला ठाउँहरुको नाम लिस्ट पठाउने निर्णय भएको छ ।

कार्यक्रमा बोल्दै सीडीओ शर्माले विपदका लागि चाहिने सामानहरु सकेसम्म सुरक्षा निकाय भित्र व्यवस्थित गरि राख्न सके समयमै उद्धार गर्न सजिलो हुने बताए । सबै सुरक्षा निकायलाई नगरपालिकाहरुले तयार राख्नुपर्ने उनले बताए ।

कार्यक्रममा उपस्थितिमा चार वटै नगरपालिकाकानगरप्रमुखहरुले आ आफ्ना नगरपालिकामा विपद व्यवस्थापनमा चाहिने सामान र जनशक्तिहरु तयारी पारिरहेको जानकारी दिए ।

बैठकमा चार वटै नगरपालिकाले अव्यवस्थित प्लानिङ र नदिजन्य बस्तु उत्खनन गरी बस्तीहरु जोखिममा पारेकोले प्रहरी प्रसाशनले निगरानीमा राख्नुपर्ने माग उठेको छ ।

 

LIVE TV