२५ जेष्ठ २०७९, बुधबार
  • केदार शर्मा,

चितवन । रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना भएको छ । निपनीस्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस रत्ननगर नारापालिकास्थित लौरिघोलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको हो।

उक्त दुर्घटनामा बसमा सवार चालक सहित २६ जना यात्रु मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा परि एक बालक हराइरहको आशंकाले र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय टाँडीले बताएको छ ।

LIVE TV