२५ जेष्ठ २०७९, बुधबार

काठमाडौं । नेकपा (एमाले)का सांसद योगशकुमार भट्टराईले ७० वर्ष नाघेका मानसिहरू कुनै पनि राज्यका निकायमा चुनावमा लड्न नपाउने व्यवस्था किन नगर्ने ? भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले यस्तो प्रश्न गरेका हुन् ।

न्याय सेवामा ६५ वर्ष र निजामती सेवामा ५८ वर्षमा अवकाश पाउने व्यवस्था रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘संविधान केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको व्यवस्था राखेका छौं । तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । ७० वर्ष नाघेका मानसिहरू कुनै पनि राज्यका निकायमा चुनावमा लड्न नपाउने व्यवस्था किन नगर्ने ?’

सांसद भट्टराईले ¥याल, सिंगान काढ्ने प्रधानमन्त्री नचाहेको उल्ले गर्दै भनेका छन्, ‘हामील ¥याल, सिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो । यसमा सबै दलहरूमा सहमति गरौं ।’

प्रत्येक वर्ष पेन्सन पाउनेहरूको उमेर कम गरिएकोप्रति आपत्ती जनाउँदै भट्टराईले थप भनेका छन्, ‘हमीले ५५ वर्ष औसत आयु भएको बेला ५८ गर्षमा पेन्सनको व्यवस्था ल्यायौं । आज ७५ वर्ष औसत आयु भएको छ नियम उही ? यो नियम चालु राखिए पेन्सन लिनेहरूको संख्य बढ्दै जान्छ र प्रशासनिक खर्च बढ्छ ।’

LIVE TV