२४ जेष्ठ २०७९, मंगलवार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताए । उनले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरिएअनुसार जडान भए÷नभएको अनुगमन गर्ने सूचना आएको दाबी गरे ।

महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गरे । उनले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालिन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताए ।

इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताए । त्यस्तै उनले इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गरे ।

महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति समेत व्यवस्था गरिएको जानकारी दिए । भने भने, ‘२०७९ जेठ २० गतेको सूचना यातायात विभागबाट वा नेपाल सरकारले २०७८ कात्तिक २२ गते राजपत्रमा प्रकाशन गरेको सूचनाको फलोअप सूचना मात्रै थियो । २०७८ कात्तिक २२ गते राजपत्रमा सूचना निकाल्दा तत्कालीन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेश वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएको थियो ।’

उनले थपे, ‘२०७८ फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ सवारीसाधनहरु जुन पुराना सवारीसाधन किनबेच भएर नामसारी भएर आएको हुन्छ । ती सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको थियो भने २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको थियो । अहिले आएको पछिल्लो सूचना २०७९ जेठ २० गतेको सूचना हो, त्यही सूचना अनुसारको अनुगमन गर्ने भन्ने विषयमा आएको हो । अर्थात् आगामी साउन १ गतेबाट विभागले अनुगमन गर्दा २०७८ साल कात्तिक २२ गतेको सूचना बमोजिम २०७८ मंसिर १ गतेपछि दर्ता भएका, फागुनबाट नामसारी भएका र जेठ १ गतेबाट नविकरण भएका सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ की छैन भनेर अनुगमन गर्ने भनिएको हो । यसको अर्थ २०७९ साउन १ गते बाट २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भनिएको होइन । यो कुरा स्पष्ट गर्न चाहान्छु । त्यसैले इम्बोस्ड नम्बर प्लेटको नियमित कार्यतालिका हो । त्यो नियमित कार्यतालिकामा जसजसको लागि अनिवार्य गरिएको थियो ।’

उनले फेरि भने छ, ‘उहाँहरुले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुभएको छ कि छैन भनेर विभागले अनुगमन गर्ने भनिएको हो । साउन १ गतेभित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भनिएको होइन । यसको पूर्वाधार तयारीको कुरा उठेको छ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नको लागि सम्पूर्ण पूर्वाधारहरु तयार गरिसकेको छ । मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन हो । जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति उपलब्ध गराउने विषय हो । यो विषय गण्डकी प्रदेश र वागमती प्रदेशको हकमा तयारी पूरा भइसकेको हुनाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरेर सूचना आएको हो ।’

उनले थपे, ‘त्यसैले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको छ भने गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको छ । अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यक अनुसार पूर्वाधार तयार गरिँदै लगिएको छ । गण्डकी र वागमतीका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना सही होइन ।’

महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र वागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताए । उनले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको बताए । गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाइ छ ।

उनका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताए । महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV