२२ जेष्ठ २०७९, आईतवार

एजेन्सी । नेसन्स लिगमा इटाली र जर्मनी बराबरी खेलेका छन् । गएराति भएको लिगको ‘ए’ ग्रुपको पहिलो खेलमा इटाली र जर्मनी १–१ गोलको बराबरी खेलेका हुन् ।

घरेलु टोली इटालीको लागि लोरेन्जो पेलिग्रेनीले गोल गरे भने जर्मनीको लागि योसुवा किम्मिखले गोल फर्काए । प्रतिस्पर्धात्म खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ७०औं मिनेटमा पेलिग्रेनीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । उनले डेगनान्डको पासमा गोल गरेका थिए ।

तर, इटालीको अग्रता धेरैबेर टिक्न सकेन । इटालीले गोल गरेको तीन मिनेटमै जर्मनीले गोल फर्कायो । ७३औं मिनेटमा किम्मिखले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीपछि यि दुवै टोलीमा समूहमा एक अंक जोडेका छन् । जर्मनी दोस्रो तथा इटाली तेस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्ड पुछारमा तथा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV