२१ जेष्ठ २०७९, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र उपप्रमुख (उपमेयर) सुनिता डंगोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटघाट गरेका छन् ।

शनिवार मन्त्रीकै कार्यकक्षमा दुवैले झाँक्रीलाई भेटेका हुन् । भेटमा शहरी विकास मन्त्रालयले निर्माण गरेको बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर कहिले, कसरी लैजाने भन्नेबारे छलफल भएको छ ।

काठमाडौको फोहोर व्यवस्थापन गर्ने विषयमा काठमाडौ महानगरपालिका प्रमुख तथा उपप्रमुखको केहिदिन यता सक्रियता बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV