२१ जेष्ठ २०७९, शनिबार

काठमाडौं । गजलकार एवं लेखक यात्रीप्रकाश पाण्डेको पहिलो उपन्यास ‘सइन’ माथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ  । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित अन्तर्क्रियामा  ‘सइन’ उपन्यासमाथि छलफल गरिएको हो । उपन्यासलाई साँङ्ग्रिला पब्लिकेशनले बजारमा ल्याएको हो ।

उपन्यासले विगत दशवर्षे सशस्त्र द्वन्दको कथा भनेको छ । कथाभित्र सुरक्षाकर्मी र छापामार दुवै पक्षतर्फको पात्रको कथालाई तटस्थ बिन्दूमा बसेर उपन्यासकारले कुनै पक्षको विरोध र समर्थन गरेका छैनन् । जे भएको हो त्यहिँ छर्लंग पारेका छन् ।

उपन्यासले शान्तिको पक्षधर युवक (सुरक्षाकर्मी) र विद्रोही (छापामार) युवतिको प्रेमलाई बडो मार्मिक ढंगले भनेको छ ।

कार्यक्रमका प्रमुख वक्ताहरू नयनराज पाण्डे र नीलम कार्की निहारिकाले उपन्यासभित्रका विषयवस्तुलाई केलाएका थिए । वक्ता नयनराजले द्वन्द्वको परिवेशमा लेखिएको उपन्यास ‘सइन’को भाषा, शिल्प, शैली र विषयवस्तु निकै उचाइको रहेको बताए । उनले पाण्डेको पहिलो उपन्यास भएपनि यस पुस्तकको उचाइ निकै खदिलो भएको र किताब सबै दृष्टिकोणबाट सफल रहेको बताए ।

कार्यक्रमका वक्ता उपन्यासकार नीलम कार्की  ‘निहारिका’ले ले उपन्यासमाथि टिप्पणी गर्दै उपन्यास निकै सशक्त रहेको बताइन् । “विगत दशवर्षे सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मी र छापामार दुवै पक्षतर्फको पात्रको कथालाई तटस्थ बिन्दुमा बसेर कुनै पक्षको विरोध र समर्थनमा नरही शान्तिको पक्ष र द्वन्द्वको विरुद्धमा  लेखिएको ‘सइन’ उपन्यासमा सुरक्षाकर्र्मी युवक र छापामार युवतीको निकै कष्टप्रद प्रेम रहेको खुब मन पर्‍यो” कार्कीले भनिन् , ‘भाषा, शैली, शिल्प र भावपक्षमा निकै सबल रहेको ‘सइन’ उपन्यास विगत द्वन्द्वको ऐतिहासिक दस्तावेजको रूपमा आएको र उपन्यासका हरेक हरफहरूले पाठकको मन जित्ने कुरा उल्लेख गर्दै पुस्तक पूरै पढिसक्दा मैले कतै पनि कमजोर पक्ष भेटिनँ ।’

उपन्यासभित्र भनिएको छ :

– आफू हारेर पनि प्रेमलाई जिताउँछन्, जितेर पनि प्रेमलाई हराउँदैनन् !

– प्रेम गरेर पनि एकअर्कालाई गोलि हान्छन्, गोलि हानेर पनि एकअर्कालाई प्रेम नै गर्छन् !

– एकअर्काविरुद्द नै युद्द गर्छन्, देखावटी रुपमा मार्न खोज्छन् ! थाहै नदिइ एकले अर्कालाई बचाउँछन् तर दुवैले दुवैलाई थाहा दिदैंनन्

– समथरहरुमा लर्बराउँदै हिँड्नेहरुभन्दा भीर र पहराहरुमा सम्हालिएर हिँड्नेहरु नै सुरक्षित हुन्छन् !

– दुस्मननै भएपनी त्यसलाई घात गरेर बाँच्नु र देशलाई घात गरेर मर्नु एउटै हो, जसकारण आत्मामा कहिल्यै शान्ति मिल्दैन १

– लड्ने आँट र साहस हुँदाहुँदै पनि लडाइँमा गोलि सकिँदाजती मर्नु कहिल्यै नलाग्दोरहेछ

– सडकमा हिँड्दैगर्दा लाग्यो– मैले फेर्ने सासले पनि कतै सुराकी त गरिरहेको छैन ? आफैंलाई न्यानो स्पर्श गरिरहेको घामले पनि कसैको एजेण्टको काम गरिरहेको त छैन ? चरीहरु पनि कतै मेरै सुराक गर्दा आकासमा

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV