२१ जेष्ठ २०७९, शनिबार

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।

बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षामा केन्द्रित हुने बताइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV