२० जेष्ठ २०७९, शुक्रबार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । मकवानपुर जिल्लामा भएको सवारी दुर्घटनामा वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिसहित ८ जना घाइते भएका छन् ।

मकवानपुरको गढी गाउँपालिका–२ जीपलाइनस्थित कान्तिलोकपथ सडकखण्डमा विहान साढे १ बजे ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

घाइते हुनेहरुमा वीरगञ्ज महानगरपालिका–२९ का वडा अध्यक्ष मनोज कुमार यादव र ३० का वडाध्यक्ष धर्मेन्द्रप्रसाद महतो थारु रेहका छन् । यस्तै वडा नं २४ का वडा सदस्य सद्दाम हुसेन आलम, वडा नं २५ का वडा सदस्य जगदीश साह र वडा नं ३२ की दलित महिला सदस्य पुजादेवी राम पनि घाइते भएकी छिन् ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएका अनुसार सवारी चालक वीरगञ्ज–२० निवासी भानु यादव भने फरार भएका छन् ।

उनीहरुलाई उपचारका लागि चुहेहिल अस्पताल हेटौंडामा लगिएको भएतापनि त्यहाँबाट थप उपचारका लागि भरतपुर रेफर गरिदिएको थियो । वीरगञ्ज महानगरपालिकामा शुक्रबार हुने कार्यपालिकाको निर्वाचनका लागि उनीहरु वीरगञ्ज जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV