२० जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सांसदहरुको पर्याप्त उपस्थिति रहेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता पुनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै बजेट छलफलका क्रममा सांसदहरुको पर्याप्त उपस्थिति रहेको दाबी गरेका हुन् ।

त्यस्तै उनले मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटनुपर्ने हुँदा सांसदहरुले कहिलेकाहीँ छोटो समय संसद बैठक छोड्ने गरेको बताए । उनले भने, ‘माननीयहरु पर्याप्त उपस्थित हुनुहुन्छ । कहिलेकाहीँ आधि घण्टा, एकघण्टा बजेट चलिराखेको छ । मन्त्रालयका विनियोजनहरु चलिराखेको हुन्छ । त्यसमा पनि जानुहुन्छ माननीयज्यूहरु ।’

उनले थपे, ‘निर्वाचन क्षेत्रका मतदाताहरु आउने, साथीभाई आउने, कहिले हस्पिटलको कुरो होला । कहिले अफिसको कुरा होला यस्ता स–साना कामहरुमा निस्किनु हुन्छ । तर यहाँ गम्भीर रुपले नै सहभागि भइरहनु भएको छ । उपस्थिति छ ।’

पूर्वअर्थमन्त्री समेत रहेका उनले आफू भने संसदमा नियमित उपस्थित भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV