२० जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ र उपमेयर सुनिता डंगोलले भेट गरेका छन्।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रवन्ध मिलाउनका लागि सहजिकरणका लागि शाह र डंगोलले मन्त्री झाँकीसँग भेट गरेका हुन् ।

भेटका क्रममा उनीहरुले मन्त्रीसामु फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।

उक्त अनुरोधमा मन्त्री झाँक्रीले पनि बन्चरेडाँडा ल्याण्ड फिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्न आफ्नो र मन्त्रालयको पक्षबाट पूरै सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले तत्काललाई पुरानै विधिबाट फोहोर व्यवस्थापन गरिने भएपनि अब बैज्ञानिक तरिकाले व्यवस्थापनमा गर्न जरुरी रहेकोले महानगरसँग सहकार्य गर्न तयार रहेको मन्त्री झाँक्रीले बताइन् ।

मेयर शाह र उपमेयर डंगोलले मन्त्रीको प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।

भेटमा बञ्चरेडाँडाका स्थानीयसँग समझदारी गर्ने विषयमा पनिक कुराकानी भएको थियो ।

नवनिर्वाचित मेयर शाह मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्दै उत्कृष्ट कार्य गर्न अग्रसर हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV