१९ जेष्ठ २०७९, बिहीबार

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु ५० हजार घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित मामाज किचेन (होटल)मा आज बेलुका ५ बजे घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि अख्तियारले आफूसँगै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV