१८ जेष्ठ २०७९, बुधबार

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ)ले नेपालमै पहिलो पटक ‘नेपाल स्टार्टअप फेस्ट–२०२२’ आयोजना गर्ने भएको छ । चार मिलियन डलर (५० करोड) लगानी नेपाली उद्यम क्षेत्रमा भित्र्याउने उद्देश्यका साथ ‘नेपाल स्टार्टअप फेस्ट–२०२२’ आयोजना गर्न लागिएको हो ।

सीएनईवाईईएफले ‘इनोभेट, कनेक्ट, एल्सेरेट’ उद्देश्यका साथ आयोजना गर्न लागेको ‘नेपाल स्र्टाटअप फेस्ट–२०२२’मा तीन हजार स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्र्थी, बुद्धिजिवीलगायतको सहभागिता रहने आनुमान गरेको छ ।

सीएनआईवाईइएफले आगामी २५ जून २०२२ (असार ११) मा होटेल सोल्टीमा उक्त कार्यक्रम आयोजन ागर्न लागेको हो । स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको र उक्त नीतिको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्य गर्नसक्ने सीएनआईवाईइएफका अध्यक्ष अमुन थापाले बताए ।

त्यस्तै उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्न उचित वातावरण मिलाउनुपर्ने बताएका छन् । उनका अनु्सार उक्त कार्यक्रममा स्टार्टअप्सहरुले लगानीका लागि प्रस्ताव पेस गर्ने व्यवस्था मिलाइएको छ ।

यसका साथै सीएनईवाईईएफका निवर्तमान अध्यक्ष चाङ अग्रवालले पनि ‘सीएनईवाईइएफ नेपाल स्र्टाटअप फेस्ट’को आधिकारिक वेवसाइटमार्फत् आवेदन पेस गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको हो । हामीले ४ मिलियन डलर बराबरको लगानीका लागि आसय पत्रमा हस्ताक्षर गरिसकेको छौ ।’

उनले फेरि भने, ‘टीम भेन्चर, ग्लोबल इक्वीटी फन्ड, अध्यान्त फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल टेलीभेन्चर पार्टनरले संयुक्त रुपमा करिब ५० करोडको आसयपत्रमा हस्ताक्षर गरिसकेका छौं ।’

नेपाल प्राइभेट इकुइटी एसोसिएसन, इम्प्याकट हब, रोबोटिक्स एसोसिएसन नेपाल र एन्टरप्रेरणा सँग पनि सहकार्य गर्न सम्झौता गरिएको पनि उनको भनाइ छ । उक्त कार्यक्रममा विभिन्न विधाका ७ ओटा स्टार्टअप्सहरुलाई सम्मान गरिने बताइएको छ ।

LIVE TV