१७ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०४७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ८५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ जना र ९ सय ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ३७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार ९१ पुगेको छ । हाल नेपालमा ९७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

LIVE TV