१५ जेष्ठ २०७९, आईतवार

लमजुङ । लमजुङको मध्य नेपाल नगरपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङका अनुसार मध्यपहाडी लोकमार्गमा पर्ने मध्यनेपाल नगरपालिका–७ सीतीखोलास्थित कल्याणबेसीबाट बतासेचोकतर्फ ढुंगा लोड गरी जाँदै गरेको बा४ख ७७८१ नंम्बरको ट्रिपर आइतबार दिउँसो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी ट्रिपर चालकसहित चारको घटनास्थलमै मृत्यु भएको लमजुङ प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ट्रिपर चालक धादिङ गजुरी गाउँपालिका–६ का अन्दाजी २६÷२७ वर्षीय आकाश भनिने विनोद घिमिरे, गोरखा नगरपालिका–१२ का अन्दाजी २३÷२४ वर्षीय रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका–७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान, कुमाख गाउँपालिकाका अन्दाजी २१÷२२ वर्षीय पारश शाह रहेका छन् ।

मृत्यु हुने चारै जना मध्यपहाडी लोक मार्गमा काम गर्ने रहेका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रिपर सडकबाट झण्डै ३० मिटर खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV