१५ जेष्ठ २०७९, आईतवार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा काठमाडौंको सवारी चाप घटाउन चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–नारायणगोपाल चोक सडक खण्ड विस्तारका लागि १ अर्ब विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण गर्दै कलंकी–नारायणगोपाल चोक सडक खण्ड विस्तारका लागि १ अर्ब विनियोजन गरेको बताएका हुन् ।

यस्तै, सुर्यविनायक–धुलिखेल ४ लेन विस्तार कार्य सुरु गरिने उनले बताए । काठमाडौंको ग्वार्काे, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ र कोटेश्वर र नयाँबानेश्वरमा ‘अन्डरपास’ निर्माण गरिने पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV