१५ जेष्ठ २०७९, आईतवार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा खानपानीतर्फ एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै खानेपानीतर्फ दलितहरुको उच्च घनत्व रहेको बस्तीमा विशेष प्राथमिकता दिइ सञ्चालन गरिने उनले बताए ।

यस्तै, मेलम्चीबाट काठमाडौंमा खानेपानी वितरण सुरु भइसकेको बताउँदै यांग्री र लार्केबाट मेलम्ची खानेपानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV