१५ जेष्ठ २०७९, आईतवार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए ।

रियलले कीर्तिमानी १४औं पल्ट उपाधि जितेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV