१४ जेष्ठ २०७९, शनिबार

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मेयर आचार्यले निर्वाचन आयोगको बदनियतका कारण धेरै मत बदर भएको भन्ने अभिव्यक्ति दिएकाले २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।्

हालै सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेका कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै मेयर आचार्यले आलोचना गरेका थिए । उनको उक्त अभिव्यक्ति के कति कारणले आएको हो, सो को २४ घण्टाभित्र जवाफ दिन आयोगले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV