१४ जेष्ठ २०७९, शनिबार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरको नवनिर्वाचित मेयर बालेन साहलाई बधाइ दिँदै उनको जितले कसैको असफलता र पार्टीहरुबिरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै देशको राजधानी काठमाडौंको मेयर जस्तो गौरवशाली पदमा विजयी भएको भन्दै बधाइ ज्ञापन गरेका छन् ।

बालेनले कसै पार्टी र व्यक्तिलाई नहराएको भन्दै योग्यताले जितेको उल्लेख गरेका छन् ।

‘बालेनको जित कसैको असफलता वा पार्टी विरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमता माथि जनताको भरोसाको अभिव्यक्ति हो,’ उनले भनेका छन् ।

उनले बालेनबाट काठमाडौं बासीले धेरै ठूलो अपेक्षा गरेको भन्दै सफलताको कामना व्यकत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV